वीरगञ्ज । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलले नक्कली नोटसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ । भारतको गोरखपुर निवासी २३ बर्षिय सञ्जय सक्सेनालाई नक्कली नेपाली र भारतिय रकम सहित बिहिबार बिहान सशस्त्र प्रहरीले पक्राउ गरेको हाे ।
सक्सेनाको साथबाट नक्कली नेपाली ५० हजार रुपैयाँ, भारतिय नोट हजार र पाँच सय दरको ५० हजार गरी १ लाख ३१ हजार ६ सय रुपैयाँ बरामद भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । शसस्त्र प्रहरी बाहिनी बर्दिबासलाई आएको सूचनाको आधारमा सक्सेनालाई रौतहटको बंकुलको एक चिया पसलबाट नियन्त्रणमा लिएर आवश्यक कार्यवाहिको लागि ईलाका प्रहरी कार्यालय बंकुलमा बुझाईएको छ ।