पर्साको दोस्रो सदरमुकामको रुपमा रहेकोे पोखरिया नगरपालिकामा सेवा केन्द्र स्थापनाको लागि नगर प्रमुख प्रदुमन प्रसाद चौहान , नेकपा एमालेका पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा , संविधान सभा सदस्य एवंम नेकपा एमालेका जिल्ला अध्यक्ष जयप्रकास थारू र वडा अध्यक्ष नौशाद आलमको संयुक्त टोलीले गृहमंत्री बालकृष्ण खाँणलाई ज्ञापन पत्र बुझएका छन । पोखरिया नगरपालिका डेलिगेशन लिई नगर प्रमुख सहितको टोली अहिले काठमांडौँमा पुगेका छन । टोलीले गृहमंत्री खाँणसंग भेटघाट गरि , स्वास्थ्य मंत्री विरोध खतिवडा लगायत संग भेट घाट गरि पोखरिया अस्पताललाई जिल्ला अस्पताल बनाउनको लागी स्वास्थ्य मंत्री खतिवडासंग आग्रह गरेका छन । पोखरिया नगरपालिकाको लागि बिकासको लागि सहयोग गरिदिनको लागि नगर प्रमुख सहितका टोलीले अनुरोध गर्दै पोखरिया नगरपालिकाबाट लिखित समेत गरेको थियो । पोखरिया नगरपालिकाको बिकासमा मंन्त्रालयबाट सहयोग हुने उहाँहरुले बताउनु भयो ।