पर्साको बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियाले गाऊँपालिका बासीहरुसंग राय सुझाव माँगेका छिन । उपाध्यक्ष चौरसियाले गाऊँपालिकाको वडा - ५ को टोल बाटसावरा तथा भेलाहामा गई जनता संग भेटघाट गरि आर्थिक बर्ष २०७९/०८० को निति, कार्यक्रम तथा बजेट तजुर्माको लागि राय सुझाव मागेका हुन ।
गाउँ सभा अगावै गाउँबासीसंग गाउँपालिका उपाध्यक्ष चौरसियाले राय, सुझाव माग्नु राम्रो कार्य भएको भन्दै स्थानियहरुले प्रशंसा समेत गरेका छन् ।
उपाध्यक्ष चौरसियाद्वारा राय सुझावमा शिक्षाप्रेमी, बुद्धीजिवी, समाजसेवी, विकासप्रेमी, युवा, किसान लगायतको उपस्तिथी रहेको थियो ।