पर्सा जिल्लाको पोखरिया नगरपालिकामा आ.ब.२०७९/०८० नीति तथा कार्यक्रम सम्बन्धि छलफल एवं अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । पोखरिया नगरपालिकालाई विकसित , शिक्षित , सफा सुन्दर बनाउने विषयमा आवश्यक विचार सबै सहभागीबाट प्रस्तुत गरी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख प्रदुमन प्रसाद चौहान , उपप्रमुख रुवी ठाकुर , प्रमुख प्रशाकीय अधिकृत अशोक रौनियार , पूर्व मेयर दीपनारायण रौनियर , लोसपा नेता नेजामुदिन समानी लगायत विभिन्न पार्टीका अगुवा ,वडा अध्यक्ष ,शिक्षक अगुवा, भद्रभलादमी,नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।