पोखरिया । किडनीको रोगबाट पीडित पोखरिया नगरपालिकाका किसन पासवानको उपचारका लागि परिवारले सहयोगका अपील गरेका छन्।
पोखरिया नगरपालिका वडा नं. ६ का शम्भु पासवानको छोराको उपचारको लागि सहयोग मागेका हुन् ।
पासवानको उपचारको लागि लगभग २५ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने पोखरिया युवा समाजका संयोजक भगवान दास तत्वाले बताएका हुन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन्।
‘कमजोर आर्थिक हैसियत भएको परिवारले त्यत्रो पैसा कहाँबाट जुटाउन सक्नु र!’ भगवान दास तत्वाले भने ‘त्यसैले हामी सबै मिलेर उनको उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छौं।’
तत्वाका अनुसार अस्पतलले भर्ना गर्नकै लागि २५ हजार रुपैयाँ मागेको छ। परिवार र आफन्तजनबाट रुपैयाँ मात्र संकलन हुन नसकेको पासवानलाई अस्पतालमा भर्ना गर्न समेत सकिएको छैन। उपचारमा भर्नाबाहेक थप रुपैयाँसम्म आवश्यक पर्ने हुनाले सो बराबरको रकम जम्मा गर्न अस्पतालले भनेको छ। तर त्यति धेरै पैसा उहाँहरुसंग संकलन हुँदैन।
चार जना सदस्य भएको पासवानको परिवारको मुख्य आम्दानीको स्रोत दैनिक ज्यालदारी हो। ‘वर्षभरिको कमाईले खान लाउन नै धौधौ हुन्छ,’ पासवानका बुवाले भने,‘ त्यसमाथि गरीखान सक्ने घरमा म र मेरो श्रीमती बाहेक कोई नभएकोले र साल भरीदेखी छोराको उपचारको लागी घुम्दा घुम्दै हातमुख जोड्ने जोहो कि उपचार खर्च जुटाउनु भन्नेमा छौं।’
छोराको उपचारको लागि कतैबाट सहयोग जुटाइदिन उनले आग्रह गरे। पासवानको उपचारमा लाग्ने रकम सहयोग गरिदिनु हुन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेको छ । पासवानलाई सहयोग गर्न चाहनेले पासवानका आमा संजना देवीको नामबाट कृषि बिकास बैकमा रहेको खाता नम्बरमा ०५०७२०१८२१०१४०१५ सक्दो सहयोग गरिदिनुहुन परिवार सहित पोखरिया युवा समाजले अनुरोध सहित अपील गरेका छन ।