वीरगञ्ज। नाबालिकालाई केटीलाई अपरहण गरी जबर्जस्ती बलात्कार गरेको आरोपमा बारा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाकै कलैया उपमहानगरपालिका वडा नम्बर ५ बरेवा टोल बस्ने गफार मियाँका छोरा १९ वर्षीय इर्साद मियाँ अन्सारी रहेका छन् ।
अन्सारीले गत फागुन ५ गते एक १६ वर्षीय नाबालिकलाई केटीलाई आफ्नो २ जना साथीहरु मार्फत विभिन्न डर त्रास देखाई कलैया-१ बाट अपहरण गरेर बन्धन बनाई भारतको लुधियाना भन्ने स्थानमा लगेर जबर्जस्ती बलात्कार गरेका थिए ।
नाबालिकाका अभिभावकले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले अन्सारीलाई असार ३ गते कलैया-५ बाट लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए ।
पक्राउ परेकाका अन्सारीलाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशअनुसार पूर्पक्षका वीरगञ्ज कारागार पठाइएको डिएसपी थापाले बताए ।