

जिल्ला निर्वाचन कार्यालय बारामा सेवाग्राहीहरुलाई सास्ती खेपनु परेको छ । सरकारले प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी यही असर १ गते देखि छुटेका व्यक्तिहरूको मतदाता नामावलीमा फोटो सहितको नाम समावेश गर्ने, सच्याउने लगायतका कार्यहरु सुचारु गरे अनुसार बारा जिल्लामा पनि सेवाग्राहीहरुको दिनहु भिड लाग्न थालेको छ । जिल्लाका दूर, दराजबाट आउने सेवाग्राहीले समयमै काम नहुदा समस्या हुने गरेको छ । प्रचण्ड गर्मीमा आउने सेवाग्राहीले घण्टौं लाइनमा बस्दा पनि काम समयमा सम्पन्न नहुँदा निकै दुखि हुने गरेका छन । खासगरी गर्भवती , सुत्केरी महिलालाई कार्यालयमा बस्ने सुविधा नहुदा निकै समस्या हुने गरेको छ । सेवाग्रहहरूको अनुसार कार्यालयमा स्वस्थ पिउने पानी, बस्ने सुविधाको कमी, एकजना मात्र कर्मचारीले नाम समावेश गर्ने कार्य गरेको हुदा निकै समस्या हुने गरेको छ । सेवा ग्राहीहरुको अनुसार महिला र पुरुषको छुटाछुटै नाम समावेस गरेको भए समयमा नै कार्य सम्पन्न हुने बताए । यस सम्बन्धमा निर्वाचन अधिकृत सरोज कुमार चौधरीसंग बुझ्दा उनले भाडामा कार्यालय सञ्चालन भएको हुनाले यस्ता समस्याहरु उत्पन्न भएको बताए । उनले दैनिक ७० जनालाई सेवा दिने ठाउँमा आफूहरु १५० जनाको हाराहारीमा सेवा दिने बाध्यता रहेको हुनाले स्वाभाविक रूपमा यस्ता समस्या हुन गएको स्वीकारे । प्रमुख चौधरीको अनुसार सेवाग्राही बढी भएको हुदा हामी राति ८ बजेसम्म पनी कार्यालयमा सेवा दिइरहेको र अझै कर्मचारी थपने कुरा भइरहेको बताए । उनको अनुसार कार्यालयको आफ्नो भवन नहुँदासम्म सेवाग्राहीलाई यस्ता किसिमको समस्या निरन्तर रूपमा हुने बताए । उनले आफ्नो स्रोत साधन अनुसार आफूहरु सेवा दिइरहेको बताए । साथै इलाका प्रशासन कार्यालय,सिमरा, कोलभि, सिम्रौनगढ लगायतको ठाउँहरुबाट गरेर एक दिनमा ७०० जनाको मतदाता नामावलीमा फोटो सहितको नाम समावेश गर्ने कार्य भइरहेको जानकारी दिए ।