काठमाडौ / जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ओम सप्लायर्स, कलैया-६, बाराका प्रोपाइटर ओम शंकर प्रसाद माथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ ।


जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री गर्ने गरी न्यू पाथिभरा सप्लायर्स हेटौंडा-४, मकवानपुरसँग सम्झौता गर्दाको बखत दुई किस्तावापत हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत लिनुपर्नेमा सो नलिई सम्झौता गरेको कारण आ.व.२०७६/०७७ मा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये हालसम्म दाखिला गर्न बाँकी रकम रु.१,२०,२८,०९०।- नगरपालिकाको राजस्व रकम चुहावट हुन गएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७(क) बमोजिमको कसुर भएकोले जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, जितपुरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईलाई बिगो रु.१,२०,२८,०९०।- (एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ) कायम गरी सोही ऐनको दफा ७ बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय हुन मागदाबी सहित मुद्दा दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारी ले जानकारी दिनु भएको छ ।
यसैगरी न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरले कबोल गरेको अङ्कमा बाँकी दाखिला नगरेको रकम रु.१,२०,२८,०९०।- र ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम रु.४६,४४,५१०।- दाखिला गरेको नदेखिएकोले सो रकमसमेत गरी रु.१,६६,७२,६००।- सार्वजनिक निकायलाई हानिनोक्सानी गरेकोले न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४ मकवानपुर र सोका प्रोपाइटर मिराकुमारी श्रेष्ठको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएकोले न्यू पाथिभरा सप्लायर्स, हेटौडा-४, मकवानपुर र ऐ.ऐ.का प्रोपाइटर निज मिराकुमारी श्रेष्ठलाई बिगो रु.१,६६,७२,६००।- (एक करोड छैसठ्ठी लाख बहत्तर हजार छ सय रुपैयाँ) कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम सजाय गरी पाउन र उक्त बिगो सोही दफा बमोजिम जफत हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारी ले जनाएका छन् ।