सामुदायिक प्रहरी साझेदारीता कार्यक्रम" अन्तर्गत आज मिति २०७९/३/१० गते ०९ः०० वजे देखि १०ः०० वजे सम्म जिल्ला बारा प्रसौनी गॅाउ पालिका वडा नं. १,२ र ३ मा पर्ने विरगंज कलैया रोड र प्रसौनी वजार तथा वस्तीहरुमा लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवश जुन २६ को अवसरमा कार्यक्रमका संयोजक प्र.नि.नरेन्द्र कुमार बोगटीको अध्यक्षतामा र श्री बेंगा साह माध्यमिक बिधालय, प्रसौनीको कक्षा १० मा अध्यनरत छात्र तथा छात्राहरुको सहभागितामा लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी पर्चा, पमफ्लेट प्रदर्शन गर्नुको साथै प्रभात फेरी सहितको य्राली बजार परिक्रमा गरी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरीयो ।
यसको साथै प्र नि नरेन्द्र कुमार वोगटीवाट विधार्थी भाई वहिनीहरुलाई लागुपदार्थ दुरुपयोग र यसले गर्ने व्यक्तिगत , पारीवारीक र सामाजिक जिवनका नकरात्मक असरहरुको वारेमा जानकारी गराउदै यसको नियन्त्रण गर्न र यसवाट समाजलाई जोगाउन विधार्थी भाई वहिनीहरुको महत्वपुर्ण भुमिका रहने कुराको जानकारी गराई कार्यक्रम समापन गरीयो।