वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ६ बहुवरीमा शनिबार एक कार्यक्रम बीच धर्मशालाको शिलान्यास गरिएको छ । गाउँपालिकाको रु २५ लाखको लागतमा निर्माण हुने धर्मशालाको वडा नंबर ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मी शिलान्यास गरेका हुन् ।
शिलान्यास गरिएको धर्मशाला उपभोक्ता समिति मार्फत निर्माण हुने वडाध्यक्ष कुर्मीले वताए । उनले धर्मशाला निर्माण भएपछि बहुअरी टोल बासिको सादी विवाह , पूजापाठ लगायतको कार्य गर्न सजिलो हुने वताए ।
टोलबासीको माग अनुसार नै चालु आ.व. २०७९/०८० को योजना अन्तर्गत धर्मशाला निर्माण गर्न लागिएको वडाध्यक्ष कुर्मीले जानकारी गराए ।