कमसल निर्माण समाग्री प्रगोग गरी सडक ढलान गरेको भन्दै वीरगंज वडा नम्बर १० हनुमानगढी बजरंग टोलको सडक निर्माण कार्य रोकिएको छ । स्टिमेट अनुसार सडक निर्माण नगरी मन लाग्दी सडक निर्माण गरेको भन्दै नेकपा एमालेका युवा नेता अजय कुमार गुप्ता सहितको स्थानियले सडक निर्माण कार्य रोक्का गरेका हुन ।
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा वीरगञ्ज–१० को बजरङ्ग टोलस्थित हनुमानगढी मन्दिर नजिकै विश्वप्रकाश शर्माको घर अगाडि उपभोक्ता समिति मार्फत निर्माण भइरहेको ढलान सडक र नालामा गुणस्तरहिन सामग्री प्रयोग गरेर मापदण्ड विपरित काम भइरहेको आरोप लगाउँदै स्थानीयले विरोध जनाएका हुन् । भौतिक पूर्वाधार मन्त्रलायले वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयमार्फत उक्त स्थानमा ३ सय ३६ मिटर पिसिसी ढलान सडक र १ सय ३७ मिटर आरसीसी नाला निर्माणका लागि बजरङ्ग टोल सडक निर्माण उपभोक्ता समिति गठन गरेर निर्माणको जिम्मा दिएको छ । उपभोक्ता समितिले २ लाख ७१ हजार ८७ रुपैयाँ हाल्ने गरी निर्माणको कुल लागत २६ लाख ७१ हजार ८७ रुपैयाँ रहेको छ ।
डक संचाल्न नहुदै ढलान चर्केको,सडक भत्किन थालेको तथा निर्माण समाग्री कमशल प्रयोग गरी ठेकेदारले भ्रष्टाचार गरेको स्थानियको जन गुनासो पछि सडक निर्माण कार्य रोकिएको नेता गुप्ताले बताए । गुप्ताले ठेकेदारलाई स्टिमेट देखाउन आग्रह गर्दा पनि देखाउन नमानेकोले शंका लागेको बताए । एमालेका वडा अध्यक्षका प्रत्यासी समेत रहेका गुप्ताले ठेकेदार, उपभोक्ता समिति र यसको अनुगमनमा खटिएका सम्बन्धित कर्मचारीलाई पनि कारबाही गर्न माँग गरेका छन । गुप्ताले मेयर राजेशमान सिंहलाई पनि नियम बिपरित भईरहेको सडक निर्माण कार्यको अवलोकन गर्न अनुरोध गरेका छन ।
हेर्दा पनि सडक र नालामा गुणस्तरहिन सामाग्री प्रयोग गरेर मापदण्ड विपरित काम गरिएको स्पष्ट देखिन्छ । पूर्वाधार कार्यालयले बनाएको गुणस्तर र लागत इस्टिमेटका अनुसार एक बोरा सिमेन्ट, डेढ बोरा बालुवा र तिन बोरा गिट्टी मिसाएर ८ एमएमको पिसिसी सडक ढलान गर्नुपर्नेमा उपभोक्ता समितिले इस्टिमेटभन्दा बढी गिट्टी र बालुवा मिसाएको अर्का स्थानीयले बताए ।
त्यसैगरी उपभोक्ता समितिले एकरुप हिसाबले सडक ढलानसमेत नगरेको पाइएको छ । सडक ढलान गर्दै कुनै ठाउँमा १० फिटको ढलान गरिएको छ भने कतै ७ फिट मात्र ढलान गरिएको छ । सडक ढलान कहाँदेखि कहाँसम्म भइरहेको छ भनेर प्रश्न गर्दासमेत उपभोक्ता समितिका सदस्यहरु झगडा गर्ने गरेको बताए ।
यता, उपभोक्ता समितिका अध्यक्ष आकाश साहले सडक ढलान र नाला निर्माणमा कुनै कमजोरी नभएको दावी गरे ।