

पर्साको बहुदरमाई नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गर्भआवस्था देखि सुत्केरी अवस्था सम्म सेवा निरन्तरता सम्बन्धी नगरपालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बहुदरमाई नगरपालिका कार्यपालिकाको सभाहलमा स्वास्थ्य शाखाद्वारा आयोजित महिलाहरुको गर्भआवस्था देखि सुत्केरी अवस्था सम्म महिलाहरुमा हुने बिभिन्न रोगको बारेमा बहुदरमाई नगरपालिका अन्तर्गतका बिभिन्न स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षकले प्रशिक्षण दिनु भएको थियो । हाम्रो समाजका धेरै जसो महिलाहरु गर्भपतन गराई आफ्नो शरीरलाई बिभिन्न रोगको शिकार हुने गरेको पाइएको छ । बहुदरमाई नगरपालिका भित्रका बिभिन्न स्वास्थ्य चौकीका सम्पुर्ण स्वास्थ्यकर्र्मीहरुलाई प्रशिक्षकले प्रशिक्षण दिनु भएको थियो । बहुदरमाई नगरपालकाको स्वास्थ्य शाखा संयोजक बिरेन्द्र साहको अध्यक्षतामा भएको महिला स्वास्थ्य सम्बधी कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख सिघांसन साह, उपमेयर सुष्मा कुमारी कुश्वाहा , वडाध्यक्ष पुन्नीलाल साह, बिरेन्द्र यादव , चंदन यादव , स्वास्थ्य कर्र्मी प्रमोद पटेल, बिरेन्द्र यादव, हरेराम साह, प्रियाकां यादव, नितु पंडित, प्रशिक्षक पुजा मिश्रा लगायत स्वास्थ्यकर्र्मी, तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।