बिरगंज – श्री हनुमान मन्दिर संचालन समिति, बहुदरमाईको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ७ जना महिला सहित ५३ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष जटाशंकर शर्माले बताए । श्री हनुमान मन्दिर संचालन समिति, बहुदरमाईको आयोजनामा आज बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ छपकैयामा रक्तदान कार्यक्रमको आयोजना गरीएको थियो ।
श्री हनुमान मन्दिर संचालन समितिले रक्तदान कार्यक्रम लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरेकोमा उपमेयर शुस्मा कुशवाहाले बधाई दिईन । यस्तै एमालेका नेता शिव पटेलले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरेकोमा जनसेवामा समर्पित यस महान कार्यको लागी आयोजक संस्था एवम रक्तदान गर्नुहुने सम्पुर्णलाई बधाई दिए ।
संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमोद कुशवाहा लगाएतको सहभागिता रहेको थियो ।