पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरमा रहेको भंगी साह उच्च माध्यमिक विधालयमा विधार्थीहरुले लगाएको ताल्चा आज सर्वपक्षीय छलफलमा सहमति हुदाँ खोलिएको छ ।
शिक्षकको कमी हुदाँ पठनपाठन प्रभावित भएको भन्दै विधार्थीहरुले आइतबार प्रदर्शन गर्दै विधालयको मुल गेटमा तालाबन्दी गरेका थिए ।
सोमबार आन्दोेलनरत विधार्थी , अभिभावक , जनप्रतिनिधी र स्थानीय युवा नेताहरु बिच भएको सर्वपक्षीय छलफलमा शिक्षकको समस्या सामधानका लागि सहमति भएपछि विधालयमा लगाइएको ताल्चा खोलिएकोे छ । फेरी मङगलबार देखि विधालयमा नियमित रुपमा पठनपाठन पनि शुरु गर्ने सहमति भएको छ । सोमबार विधालयमै भएको छलफलमा समस्या समाधान गर्न तथा विधाालयको नियमित अनुगमन गर्न ११ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । उक्त समितिले शिक्षक , विद्यार्थी र जनप्रतिनिधिसंग समन्वय गरि विधालयका हरेक समस्याको सुक्ष्म अध्ययन गरि समाधान गर्नेछ ।
सोमबारको छलफलमा बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह ,शिक्षा शाखा प्रमुख , आन्दोलनत विधार्थी , शिक्षक, शिक्षिका , अभिभावक लगायतको उपस्थिती रहेको थियो ।