बिरगंज । अभिभावक संघर्ष समिती बिरगंजद्वारा निजि बिधालयहरुको मनोमानी बिरुद्ध बिरगंजका मेयर राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई आज सोमबार उहाहरुको कार्यकक्षमा विभिन्न समस्याहरुको समाधानको लागि माग राख्दै ज्ञापनपत्र बुझाएका छन। बिरगंजमा संचालित निजि बिधालयहरुको मनमानीको बिरुद्धमा गएको शनिबार बिरगंजमा स्वस्फूर्त रुपमा संगठित भएका अभिभावकहरुले सन्दीप साहको संयोजकत्वमा ३५ सदस्यीय अभिभावक संघर्ष समिती बिरगंज पर्सा गठन गरेको थियो ।
सो समितिले विभिन्न कार्यक्रम गर्ने घोषणा अनुसार आज सोमबार जिल्ला प्रशासन कार्यालय पर्सा र बिरगंज महानगरपालिकाको कार्यालयमा १४ बुन्दे ज्ञापनपत्र बुझाएको समिती का सदस्य एवं सामाजिक अभियन्ता कन्हैया पटेल ले बताउनु का साथै अब पनि हाम्रो मागलाइ सम्बोधन गरिएन भने चरणबद्ध दवाबमुल्क कडा कार्यक्रम ल्यायेर आन्दोलन नै गर्ने र यसबाट हुने परिणाम सम्बन्धित निकायको हुने पनि बताउनु भयो ।
नीजी विधालयहरुले गरेको शुल्कवृद्धि , पाठ्यक्रम परिवर्तन लगायतका निर्णय खारेजीको माग गर्दै आज बिहान ११ बजे बिरगंज को अनमोल पार्टी प्यालेसमा सयौंको संख्यामा भेला भएका अभिभावकहरुले ज्ञापनपत्र मार्फत उच्च अदालतको फैसला विरुद्ध निजी विधालयले गरेको शुल्क वृद्धि फिर्ता गर्नु पर्ने , हरेक वर्ष पाठ्यक्रम परिवर्तन गर्ने प्रवृति रोक्नु पर्ने , धरौटी शुल्क लिने निर्णय खारेज गर्नु पर्ने , नया भर्ना शुल्क नियमानुसार हुनु पर्ने , पोशाक अभिभावकहरुले आफुखुशी पसलबाट किन्न पाउनु पर्ने , सबै नीजी विधालयमा अभिभावक भेला गरि व्यवस्थापन समिति गठन गर्नु पर्ने , अभिभावक संघर्ष समिती लाई अब उप्रान्त हुने शिक्षा सम्बन्धी आवश्यक बैठकहरुमा सहभागी गराउनु पर्ने, बिधालय हाता भित्र बिद्यार्थीहरुलाइ हुने चोटपटक का वा अन्य घटना को उपचार लगायत सम्पुर्ण जिम्मा बिधालय ले लिनु पर्ने साथै नेपाल को प्रचलित कानुन एवं सम्मानित अदालतको आदेश विरुद्ध मनोमानी शुल्क बढाउने बिधालयहरु लाई अबिलम्ब कडा कार्वाही हुनुपर्ने लगायतका मागहरु राख्दै मेयर र प्रजिअ कहाँ पुगि दियेको ज्ञापनपत्र मा आफ्ना मागहरु तत्काल पुरा गराउन पहल गरिदिन आग्रह गरिएको संयोजक साहले बताउनु भएको छ ।
ज्ञापनपत्र पत्र बुझेपछि मेयर सिंह र प्रजिअ ढकाल ले अभिभावकहरुको मागहरु जायज भएकाले यस बारे विधालयका संचालक एवं उनिहरुको छाता संगठनसंग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको साहले बताउनु भएको छ ।