राष्ट्रिय प्रजातन्त्र पार्टी, जिल्ला कार्य समिति पर्साको अगुवाईमा कृषकहरुलाई समयमा मलखाध तथा बिउबिजन उपलब्ध गराउन माग गर्दै कृषि ज्ञान केन्द्र पर्सा, घेराउ, धर्ना तथा कोणसभा कार्यक्रम सम्पन भएको छ।
मल चाहिएको बेला मल पाईन्न, जेटिए छन तर सल्लाह दिँदैनन । पोटास समेत पाईरहेको छैन, प्रांगारिक मल पनि उपलब्ध छैन । कृषि काममा संलग्न हुने उपकरण बोरिङ, मोटर, ट्याक्टर अनुदानको व्यवस्था हुनुपर्ने, तरकारीको बिउबिजन निशुल्क वितरण होस, सिंचाईका लागि समयमा नहरमा पानी आउनुपर्ने जस्ता मांग राखेर २ बजेदेखि ४ बजेसम्मटाउकोमा कालोपट्टी बाँधेर धर्नामा बसेको पर्साका अध्यक्ष सुमेश्वर नाथ उपाध्यायले बताए ।
किसान देशको असली रक्षक हो, तर उनीहरू नै उपेक्षामा छन् । धानको बिउ छर्ने बेलामा एक बोरा युरिया र पाँच किलो डिएपी पाईएन । बैंकले सडक छेउमा नभएको जमिनमा समेत ऋण नदिने जस्ता समस्या किसानहरुले समस्या भोगिरहेकोले बाध्य भएर आन्दोलन गर्नु परेको नगिना यादवले बताए । मांग सम्बोधन नभएको खण्डमा बृहत आन्दोलन जाने पनि उनेले बताए ।