पर्साको पोखरिया नगरपालिकामा रहेको रेडियो पोखरिया १०५.८ मेघाहर्जले पोखरिया नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुसँग परिचयात्मक कार्यक्रम तथा समान्न कार्यक्रम सम्पन्न गरेको छ । रेडियो बीरगन्ज ९९ मेघाहर्ज, टीवी बीरगन्ज एवं रेडियो पोखरियाको कार्यकारी अध्यक्ष ध्रुव साहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पोखरिया नगरपालिकाको जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा पोखरियाका नवनिर्वाचित नगर प्रमुख प्रधुमन प्रसाद चौहान , उप प्रमुख रुवी ठाकुर ,वडा अध्यक्ष केदार महतो चाई,लक्ष्मण साह कानु ,प्रमान्नद पटेल, नौसाद आलम ,सोनालाल साह गोढ , कार्यपालिका सदस्य राधा साह कानु ,राम बचन महतो , लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो पोखरियाको सैलेस साह कानुले गरेका थिए । कार्यक्रममा पोखरियाको विकास तथा रेडियो पोखरियाको भुमिका लगायतको बिषयमा पनि बिचार विमर्श भएको थियो ।