पर्सा : पर्सा जिल्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वाड नं १ औराहा बस्ने ३५ बर्षका हरिन्द्र दास चाैधरी चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । खेतमा धान रोपाइँ गरि रहेको बेला मंगलबार दिउँसो चट्याङ लागेर घाईते भएका थिए । वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।