वीरगंज । बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ l बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मिति २०७९ । ०३ । १३ गते वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघर सडकखण्डमा ना २ ख ९७३६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाको विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू ४२,७७,३१८्र मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।