भि. एस. ओ. नेपाल तथा दिब्य युवा क्लब, पर्साकाे संयुक्त साझेदारी जगरनाथपुर तथा धाेबिनी गाउँपालिकामा संचालित किशाेरी सशक्तीकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत आज वीरगंजकाे हाेटेल भिस्वामा जिल्ला स्तरीय सिकाई आदान प्रदान कार्यशाला गाेष्ठी दिब्य युवा क्लब, पर्साकाे अध्यक्ष उमेश प्रसाद चाैहान ज्यूकाे अध्यक्षयता तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष कान्त प्रसाद यादव ज्यूकाे प्रमुख आतिथ्य, जिल्ला प्रशासन कार्यालय पर्साकाे सहायक प्रमुख जिल्ला अधिकारी भिकान्त पाैडेल र शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख फतबहादुर श्रेष्ठकाे विशिष्ट आतिथ्य, वीरगंज महानगरपालिकामा शिक्षा महाशाखाका प्रमुख आरबिन्दलाल कर्ण तथा पर्सा जिल्लाका प्रत्येक निकायका सराेकारवाला ज्यूहरूकाे उपस्थितिमा परियाेजनाकाे जिल्ला स्तरीय सिकाइ आदान प्रदान कार्यशाला गाेष्ठ संचालन भएकाे छ ।