वीरगंज : पर्साको कालिकामाई गाउँपालिकाको जनप्रतिधिनिहरु बिच बजेटमा भागबाँडा नमिल्दा गाँउ परिषद अनिश्ति बनेको छ ।
स्थानिय तहको गाँउ परिषद असार १० गते भित्र हुनु पर्ने कानुनी प्रावधान रहेको भएपनि बजेट भागबन्डामा विवाद हुँदा गाउँ परिषद अन्योल बनेको हो ।
देश कै कान्छो गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती देवी बरैनी र वडाध्यक्षहरु बिच बजेट बन्डामा कुरा नमिल्दा गाउँ परिषद अन्योल भएको गाउँपालिकाका जनप्रतिनिधीहरु बताउँछन । गाउँपालिका अध्यक्ष गुप्ताले उपाध्यक्षलाई ५० लाख र वडाध्यक्षहरुलाई ३०÷३० लाख बराबरको योजना पेश गर्न तथा आफुले ९ करोड बराबरको बजेट चलाउने वताइरहेका कारण आफुहरुलाई मान्य नभएको वडा नं.२ का वडाध्यक्ष सोनालाल चौरसियाले बताउनुभयो ।
वडाध्यक्ष चौरसियाले वडाको समस्या हरेक वडाध्यक्षले बुझेकाले आफुहरुले जनसंख्याको आधारमा बजेट बिनियोजन गर्नुपर्ने वा विगतमा हरेक वडामा छुटयाईने गरेको बजेटको सिलिंग अनुसार नै हरेक वडामा बजेट छुटयाउनु पर्ने माँग राखेकाले पालिका अध्यक्ष बशिष्ठ गुप्ताले मान्न तयार नभएकाले परिषदमा ढिलाई भएको बताउनुभयो ।
वडाध्यउक्ष चौरसियाका अनुसार यस अघि एक वडाध्यक्षहरुले एक करोडदेखि एक करोड ३० लाख सम्म बजेट चलाउँदै आएका थिए । वडा नं.४ का वडाध्यक्ष संजय कुमार साहले भने हरेक वडामा जनसंख्याको आधारमा बजेट बिनियोजन नभए अध्यक्ष गुप्ताले एकलौटी परिषद गर्न खोजे आफुहरु परिषद बहिस्कार गर्ने बताउनुभयो ।
यस बिषयमा गाउँपालिका अध्यक्ष बशिष्ठ गुप्ताले भने बजेट भागबन्डा आधारमा होईन आवश्यकताको आधारमा दिने बताउदै २ वटा वडाध्यक्षको मात्र आपती रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष गुप्ताले बजेट सम्बन्धी खासै बिवाद नरहेको बताउदै ४–५ दिनमा गाँउ परिषद हुने दाबी गर्नुभयो ।
कालिकामाई गााउँपालिकामा जनप्रतिनिधीहरुको बजेट सम्बन्धी बिवादका कारण अगामी आर्थिक बर्ष २०७९÷०८० को गाँउ परिषद अन्यौल हुँदा निति, कार्यक्रम तथा बजेट आउनमा ढिलाई भएको बुझिएको छ ।
गाउँ परिषद समय मै नहुँदा गाउँपालिकाको विकास निर्माणको काम लगायत कर्मचारीहरुको तलबभता खुवाउने काम समेत प्रभावित हुने देखिएको छ ।
कालिकामाईमा जनता समाजवादी पार्टी (जसपा) को गाउँपालिका अध्यक्ष, ३ वडाध्यक्षसहित १४ जना गाउँ सभा सदस्य छन् । कांग्रेसको उपाध्यक्ष, एक वडाध्यक्षसहित १३ जना तथा नेकपा एमालेका एक वडाध्यक्ष र १ जना सदस्य सहित १५ जना गाउँ सभा सदस्य पक्षमा रहेका छन् ।
गाउँ सभामा कांग्रेस र एमालेको गठबन्धनमा १५ जना गाउँसभा सदस्य रहेका कारण कांग्रेस–एमाले गठबन्धनको सहमती बिना परिषद हुन नसक्ने देखिएकोले परिषद अनिश्चित देखिएको छ ।