जिपी कोइराला फाउण्डेशन पर्साले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
बिहीबार वीरगन्जमा बसेको फाउण्डेशनको बैठकले १२ औं स्मृति दिवसको अवसरमा तीन दिन विभिन्न साममाजिक सेवाका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।
पहिलो दिन असार १८ गते शनिबार नारायणी अस्पतालमा बिरामीहरुलाइ फलफुल वितरण गर्ने , दोश्रो दिन आइतबार असार १९ गते गते बिहान मानव सेवा आश्रमका आश्रीतहरुलाइ खाना सुवाउने र तेश्रो दिन असार २० गते सोमबार ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय भएको फाउण्डेशनका सचिव धिरज कुमार गुप्ताले जानकारी दिए ।
फाउण्डेशन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष उपाध्यक्ष जयमंगल कापर , ससहचिव मिन्टु देवी सिंह , कोषाध्यक्ष मनाोहर साह , सदस्यहरु प्रिति सिंह , दिलिपराज कार्की , हरिन्द्र यादव , सन्तोष सिंह , दिपेश कुमार श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।