बारा। प्रहरीले बाराबाट लागु औषध १० किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१२ बस्ने १७ वर्षीय युवक र ३४ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।बिहीबार दिउँसो सवा १ बजे जितपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर चौकबाट उनीहरुलाई गाजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार प्रहरी हवल्दारको नेतृत्वमा खटिएको पिकेट टोलीले शंकास्पद तरिकाले पैदल हिँडिरहेका उनीहरुले बोकेको झोला चेकजाँच १० किलो लागु औषध गाजा फेला परेको हो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।