काठमाडौं । धेरै मानिसहरु घरायसी प्रयोगका विभिन्न सामान र विद्युतीय सामानहरु बाल्ट्रा कै खोज्थे ।तर अब बाल्ट्रालाई पुगिसरी भएको छ । ठूलो धनराशि कमाएर आफूलाई पुग्दै आएपछि उपभोक्ताको जीवनमा खेलवाड गर्न थालेको छ ।
जस्तो बनाएपनि नाम नै काफी छ, किनिहाल्छन् भन्ने सोच बढ्दै गएकाले जीवन र धनका लागि नै घातक बस्तु उत्पादन गर्न थालेको प्रमाणित भएको छ ।
श्रद्धा शर्माको घरमा किनेको एक महिनापनि नहुँदै आफै चुल्हो बल्न थालेको छ । बाल्ट्राको इन्डक्सन जम्मा एक महिना भयो ल्याएको चिया नपाक्दै आफैं पाकेर सकियो । बच्चाहरु मात्र घरमा भएको भए के हुन्थ्यो ? उहाँले भन्नुभयो ।
उहाँले झण्डै जनधनको सखाप भएको संकेत गर्नुभएको छ । हुनपनि हो भिडियोमा देख्न सक्नुहुन्छ ।
बाल्ट्राको इन्डक्सन चुल्हो अचानक बल्न थालेको छ । त्योपनी ठूलो ज्वालामा बलेको छ । कोही नजिक नभएको भए यसले घर परिवार सबै सखाप पार्ने थियो । ठूलो दुर्घटनाबाट त्यो घर र परिवार जोगिएका छन् ।
हामी चुल्होमा खाना बसाएर यताउता जाने बानी धेरैको छ । त्यो बेला यस्तो भए के हुन्छ ? यस्तो पनि कम्पनी हुन्छ ? बल्न थालेमा निभ्ने कुनै सुरक्षा कायम गरिएको छैन ।