वीरगंज,पुस २४
जनता समाजवादी पार्टीको आयोजनमा वीरगंजमा हुने बिशाल जन प्रर्दशन तथा बिरोध कार्यक्रमलाई सफल बनाउन बिन्दवासनी गाँउपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सदन बिघटनको बिरुद्धमा पुस २७ गते वीरगंजको लाल बंगलामा हुने बिरोध कार्यक्रम सफल पार्न जसपाले गाँउपालिकामा कार्यकर्ता भेला गरेको हो । जसपा पालिका कमिटी अध्यक्ष रमेश साह तेलि को अध्यक्षता बसेको बैठकमा प्रमुख अतिथि बिन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु ,अतिथीहरु जसपाका युवा नेता गौरीशंकर साह लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।