बिन्दबासिनी । लगातार भएको वर्षाले बिग्रेको बाटो तत्काल मर्मत गर्न बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी लागेका छन् । लगातार ३ दिन देखि परेको पानीले बहुवर्वा , गर्दौल , लगायत गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण बाटोमा पानी जम्मा भई खराब भएको बाटो तत्काल ममर्त गर्ने गाउँपालिका अध्यक्ष तिवारी निर्देशन दिएका हुन् । पानीले बगाएको बाटोमा आवत जावतमा कठिनाई भएकोले खराब रहेको ठाउँमा तत्काल ग्रेवल गरी सुचारु गर्ने अध्यक्ष तिवारी निर्देशन दिएका हुन् । गाउँपालिका अन्तरगतका बाटो वर्षाले गर्दा बगाएपछि जोखिमपूर्ण गाउँपालिका बासीले यात्रा गर्दै आएका थिए । अध्यक्ष तिवारीको नेतृत्वमा गएका टोलीहरुले उक्त बाटोमा ग्रेवल गरी मर्मत गरेका हुन् । पैदल यात्रा गर्दा जोखिम पूर्ण र घुमाउरोबाटो भएर आवत जावत गर्नु पर्ने अबस्था आएपछि बिग्रेको बाटो तत्काल मर्मत गर्नमा जुटेको अध्यक्ष तिवारीले जानकारी दिए । स्थानीय आवतजावत गर्न समेत कठिनाई रहेको उक्त बाटोलाई व्यावस्थित गरिएको अध्यक्ष तिवारीले जानकारी दिए ।