

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत पर्ने जमुनिया खोलाबाट अबैध रुपमा गिटी ,बालुवा उत्खनन गरीरहेको अवस्थामा ट्रेक्टर र टिपर पालिकाले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी तस्करी गरीरहेको सुचना पाई सखुवाप्रसौनी गाउँपालिका कार्यालयबाट गएको कर्मचारी र जनप्रतिनिधीहरुको एक टोलीले ३ वटा ट्रेक्टर र २ वटा टिपर नियन्त्रणमा लिएको हो । यता टिपर र ट्रेक्टर धनिका अनुसार पहिलेदेखी जम्मा गरी राखेको गिट्टी बालुवा मात्रै ओसारपसार गर्न लागेको समयमा पालिकाको टिमले गाडी नियन्त्रणमा लिएको जनाएका हुन् । पालिकाले प्रदेश नं.०३- ००१ क ०४३८ र ना ८ ख ८८७ नम्बरको टिपर ना ७ त ५९८७, प्रदेश २–०३–००१ त १९६३ र ना ५ त ४४८२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो । गाउँपालिकाका अध्यक्ष यसवन्त यादवका अनुसार अबैध रुपमा विना प्रमाणको गिट्टी बालुवा ओसारपसार गर्दै गरेको अवस्था स्थानीयले खबर गरेपछि उक्त गाडीहरु नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका सवारीधनिसंग स्टकको प्रमाण वा कुनै लिखित कागजात नभएकोले नियन्त्रणमा लिईएको उनले बताए । नियन्त्रणमा लिईएइको मध्य तिन वटा ट्रेक्टरलाई एक हजारको दरले जरिवाना रसिद काटेर एक पटकको लागि चेतावनी दिई छोडिएको अध्यक्ष यादवले जानकारी दिए । नियन्त्रणमा राखिएको दुई वटा टिपर पालिकामा कोही कर्मचारी नभएको मौका छोपि शुत्रबार विहान करीब ९ः३० सवारी चालकले टिपर लिएर भागेको र पछी आएर पालिका कर्मचारीलाई धाकधम्की समेत दिएको पालिका अध्यक्ष यादवले बताए । सो विषयमा पालिका अध्यक्ष यादवले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको र यसबारे आईतबार सुनवाई हुने प्रहरीले जनाएको छ ।