बारा । बाराको कलैयाका ९ वटा फर्मलाई कारवाही गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसुर गरेको हुँदा सोही ऐनको दफा ३९ बमोजिम ९ वटा फर्मलाई कारवाही स्वरुप जरिवाना गरिएको हो ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा, गुणस्तर तथा नापतौल कार्यालय पर्सा, घरेलु ता साना उद्योग कार्यालय बारा, उद्योग वाणिज्य संघ बारा सहितको टोलीले कलैया बजार अनुगमन गरेको हो ।
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निरीक्षण अधिकृत नमोनाथ प्रसाद यादव नेतृत्वको अनुगमन टोलीले खरिद बिलन देखाउने कलैया १ स्थित पोशाक इम्पोरियम र खुश्बु साड सेन्टरलाई २०/२० हजार जरिवाना गरेको छ ।
यस्तै अनुगमन कार्यमा असहयोग गर्ने कलैया १ कै न्यु नबिन बस्त्रालयलाई १० हजार, खरिद बिल नदेखाउने जवाहर लाल हार्डवेयरलाई ५ हजार, गौरीशंकर सप्लार्यसलाई ५ हजार, चौधरी किराना पसललाई ५ हजार, पियंका रेडिमेड जेनरल स्टोरलाई १० हजार र जय बाबा अमरनाथ किराना भण्डारलाई ३ हजार रुपैयाँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।
खत्वेका अनुसार श्री क्यान बस्त्रालयलाई पनि सम्झाई बुझाई गरिएको छ । जरिवानाबापतको ७८ हजार रुपैयाँ ७ दिनभित्र राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको खत्वेले बताए ।