

कोरोना भाइरस लगायत बिभिन्न महामारी जन्यरोगहरु रोकथाम नियन्त्रण तथा निगरानीका लागि सरोकारवाला संगको अन्तरकृया कार्यक्रम आज बहुदरमाई नगरगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।बहुदरमाई नगरगरपालिका अन्तर्गतका बिभिन्न स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरुले कार्यरत आफ्नो स्वास्थ्य चौकीको समस्याको बारेमा बहुदरमाई नगरपालिकाका नगरप्रमुख ,उप-प्रमुख,र स्वास्थ्य प्रमुखलाई ध्यानाकर्षण गराउनु भएको थियो।बहुदरमाई नगरगरपालिका भित्रका धेरैजसो स्वास्थ्य चौकीहरुमा घाउ लाई सफा गर्ने तथा घाउमा लगाउने बेटाडिन लोशन,जिवनजल,कटन,मलहम,जस्ता धेरैजसो औषधीहरु उपलब्ध नभएका कारण सेवाग्राहीलाई समस्या हुदै आएको स्वास्थ्यकर्मीहरुको गुनासो रहेको छ।बहुदरमाई नगरगरपालिका अन्तर्गतका बिभिन्न स्वास्थ्यचौकीहरुमा औषधीको अभावका कारण पिडित सेवाग्राहलाई सास्ती हुदै आईरहेको स्वास्थ्य चौकी डोकैला बहुअरीका स्वास्थ्यकर्मी बिजय साहले बताउनु भयो।बहुदरमाई नगरगरपालिका भित्रका स्वास्थ्य चौकीहरुमा ३९वटा सेवाग्राहीलाई निशुल्क पाउने औषधी मध्ये धेरैजसो औषधी उपलब्ध नहुँदा धेरै समस्या भईरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।बहुदरमाई नगरगरपालिकाका नगरप्रमुख सिगांसन साहको अध्यक्षतामा भएको कोभिड-१९लगायत महामारी जन्यरोगहरु रोकथाम तथा नियन्त्रण अन्तरकृया कार्यक्रमका बिशिष्ट अतिथी उप-मेयर सुष्मा कुशवाहा स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र साह,, स्वास्थ्यकर्मी हरेराम साह, बिरेन्द्र यादव,प्रियांका यादव,नितु पंडीत,बिजय साह,डोकैला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आवधलाल साह,ससस्त्र बेस क्याम्प बागेश्वरी त्रित्रौनाका प्रहरी निरिक्ष