

वीरगंज l असाढ राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को आन्दोलन परिचालन समिति को संयोजकमा नगिना कुमार यादव लाइ मनोनयन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्सा को आइतबार बसेको बैठक बाट आन्दोलन परिचालन समिति को संयोजकमा पुर्ब केन्द्रीय सदस्य नगिना कुमार यादव लाइ मनोनयन गरिएको हो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालय ले बृहत रुपमा आन्दोलन को घोषणा गरिसकेको तथा जिल्ला कार्यसमिति ले पनि स्थानिय मुध्दाहरु बारे निर्णय अनुसार गर्नु पर्ने आन्दोलन समेत लाइ प्रभावकारी रुपमा संचालन गर्न गराउन समेत जिल्ला आन्दोलन परिचालन समितिको संयोजकमा नगिना कुमार यादव लसइ मनोनयन गरिएको छ। पर्सा जिल्लाको ४ वटै निर्वाचन क्षेत्र को क्षेत्रिय अध्यक्ष र ८ वटै क र ख को प्रदेशिक क्षेत्रको क्षेत्रिय अध्यक्ष ,महानगर,नगर अध्यक्ष तथा जिल्ला का भातृ संगठनहरु को अध्यक्ष, पार्टी का पुर्ब पधाधिकारीहरु समेत लाइ समेटी ७ दिन भित्र समिति लाइ पुर्णता गरी जिल्ला कार्यसमिति लाइ कार्य समिति को वारेमा जानकारी गराउन समेत राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का अध्यक्ष शुमेस्वरनाथ उपाध्याय को हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।