रामजी यादव


पर्सा l बिन्दवासनी चौक देखि उत्तर बहुदरमाई नगरपालिकाको प्रबेशद्वार देखि डकैला बहुअरी चौक सम्म जडान भएको घामको तापक्रमले बल्ने सोलार लाईटहरु अधिकाँश बिग्रिने क्रम बढ्न थालेको छ। बहुदरमाई नगरगरपालिका अन्तर्गतका दैनिकरुपले रातमा आवत -जावत गर्ने सवारी साधन तथा पैदल यात्रीलाई सास्ती हुदै आईरहेको छ। पर्सा क्षेत्र नं.२ को प्रतिनिधी सभा सदस्य सांसद बिमल श्रीवास्तवको सांस्दिय कोषबाट जडान भएको सोलार लाईटहरु मध्ये अधिकाँश सोलार लाईटहरु धेरै दिन देखि बिग्रिएको हुदा बेलुका बल्न सकेको छैन ,अधिकांश निभिएको अवस्थामा छन।बिन्दवासनी देखि डोकैला चौक सम्म जडान भएको सोलार लाईटको बिग्रिने क्रम बढन थालेकोले प्रत्येक दिन रातीमा आवत-जावत गर्ने सवारी साधन तथा पैदल यात्रीलाई सास्ती खेप्नु परेको छ।सडकको छेउमा जडान भएको सोलार लाईटहरु जसमध्ये अधिकांश सोलार लाईट बिग्रिने क्रम बढेसंगै बेलुका र रातको समयमा आवत-जावत गर्ने सवारी साधन तथा पैदल यात्रीलाई अन्धयारोले गर्दा दुघर्टना हुने सम्भावना बढी भएको स्थानियहरुको गुनासो रहेको छ।बिगत दुई बर्ष देखि जडान भएको सोलार लाईट बिग्रेको लाई अहिले सम्म मर्मत संभार हुन नसकेको बताईएको छ। सम्बन्धित निकाय अहिलेसम्म मौन रहेको प्रत्यक्षदर्शीको गुनासो रहेको छ।