वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले सल्लाहकारहरुलाई मनोनयन पत्र प्रदान गरेको छ । बीरगंजको होटल मकालुमा आयोजित सलाहकारहरुलाई मनोनयन पत्र प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले संस्थाले निरन्तर रूपमा पत्रकारिताको साथै सामाजिक कार्यमा पनि निरन्तर लागि रहेको बताउनुभयो । वहाँले आगामी दिनमा समाजको एउटा ऐना बनेर अगाडी बढदै जाओस भन्ने शुभकामना दिदै संस्थाको कार्यक्रममा आफूहरुको पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मञ्चका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ता, शिक्षाबिद एवम् प्राध्यापक डा.दिपक शाक्य, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शत्रुघन नेपाल, नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जारा, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयल, पत्रकार कुबेरचन्द्र गौतम, प्रताप श्रेष्ठ, शिवशंकर साह, संजिव मिश्रा, समाजसेबी मनोज उपाध्याय र कानुनी सल्लाहकारको रुपमा अधिवक्ता हरिहर प्रसाद साहलाई गम्छा ओढाई मनोनयन पत्र प्रदान गरिएको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए । मनोनित सल्लाहकारहरुलाई कार्यक्रमका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले गम्छा ओढाई मनोनयन पत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकारहरुले रचनात्मक काम गरि समाजमा देखीएका कुरिति बिरुद्ध कलम चलाउन सुझाव दिदै मञ्चले आफुलाई थप जिम्मेवार बनाएको बताएका थिए । कार्यक्रमका महासचिव बिरेन्द्र प्रसाद साह, सचिव अरविन्द पटेल, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्यहरुमा आदित्य कुमार शर्मा, प्रिया चौधरी, निलम चौधरी, सुनिल कुमार ओझा, कन्हैयालाल बर्णवाल लगायतको उपस्थिती रहेको थियो ।


