धनुषा। जनकनन्दिनी गाउँपालिकामा ८३ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डल रहेका छन्।
उनीहरु ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरा ल्याएर भारतबाट आउँदै थिए। सो क्रममा उक्त रकम फेला परेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए । बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ।