नरेश यादव
पर्सागढी । पर्सागढि नगरपालिकाको वार्ड नं ३ नजिक पारस चौकबाट ना ६ प ९५५६ नम्बरको मोटरसाइकलमा राष्ट्रिय वनबाट काठ चोरी गरी लैजादै गरेको अवस्थामा प्रहरीले उतm मोटरसाइकलमा लोड गरिएको काठ सहित बिरगंज माहानगरपालीका वार्ड नं २९ टोल रत्नपुरका मुस्तुफा अंसारीलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको मोटरसाइकलसहितको तस्करलाई प्रहरी चौकीमा लैजाने क्रममा तस्कर मोटरसाइकल छोडि भाग्न सफल भएका हुन । भाग्न सफल रहेका तस्कर मुस्तुफा अंसारी नै रहेको स्थानीयहरुले दाबी गरेपनि प्रहरीले नाम बताउन मानेको छैन । तर यता प्रहरीसँग बुझन खोज्दा मोटरसाईकल र काठ आवश्यक कारवाहीको लागि प्रहरी चौकी बढनिहारमा राखीएको छ भने फरार रहेका मानिस बारे हामी अनुसन्धान गरीरहेका छौ भने प्रहरी चौकीले बताएको छ । अंसारी पेसावर तस्कर रहेको स्थानीयहरु बताउँछन । अंसारीलाई प्रहरीहरुको पनि संरक्षण रहेको यो घटनाले पुष्टी गरेको छ ।