पर्सागढी l इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको प्र नि देवराज काफ्लेको नेतृत्व टोलीले हतियार सहित दुई जना लाई पक्राउ गरेको छ l दुबै जनाले सिम्रौनगढ नगरपालिका वार्ड नं 1 नम्सगराढठको स्थानीय हरुलाई हतियार देखाई बजारमा धम्काइरहेको सुचना प्राप्त भएपछि उनीहरू लाई सिम्रौनगढ नगरपालिका वार्ड नं 1 को पोखरीको डिलबाट प्रक्राउ गरीएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ l प्रकाउ पर्नेमा सिम्रौनगढ नगरपालिका वार्ड नं 1 बस्ने बर्ष 29 को अनिल मुखीया ऐ ऐ बस्ने बर्ष 25 को गुडु मुखीया रहेका छन् भने एक थान कटुवा पेस्तोल गुडु मुखीयाको साथ बाट बरामद भएको प्र नि काफ्ले ले जनाएका छन् भने उनीहरु बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढ ले जनाएको छ।
