पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं ४ मधवलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालयलमा छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ५ सम्म अध्ययनरत विधार्थीहरुमध्ये छात्रा,दलित छात्रा र दलित छात्र गरी जम्मा १०० जनालाई प्रती विधार्थी रु. चार सयको दरले चालीस हजार बराबरको छात्रवृत्ति वितरण गरिएको हो। छात्रवृत्ति वितरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया,वडा नं-४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया,शिक्षा शाखा प्रमुख कपिल लामिछाने,वडा सदस्य हरेन्द्र चौरसिया,मुकेश साह कानु,सगिर मिया,प्रधानाध्यापक कन्हैया प्रसाद तेलि,शिक्षकहरु मुकलेश गदी,मुकेश कुमार साह,बलिराम साह लगायतको उपस्थित रहेको थियो ।