वीरगञ्ज । बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको ट्रक जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले मंगलबार जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ लोहारपट्टीबाट ना.६ ख २३४४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक विनाका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू समेत फेला पारेको हो ।
तस्करीका सामानले भरिएको उक्त ट्रक नियन्त्रणमा लिई ६८ लाख रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।