पर्सा र सर्लाहीमा शनिवार आयोजित रक्तदान कार्यक्रममा आठजना महिलासहित १६४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।
वीरगंज महानगरपालिका–२४ रामगढवा एकता युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ८० जनाले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेयले बताए ।नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पिङ्की देवी, निखिल यादव, विशाल यादव, रमिता देवी, उमेश पटेल, सन्दीप पटेललगायतले रक्तदान गरेका थिए ।
यसैगरी, लायन्स क्लब अफ सर्लाहीले बरहथवामा आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ८४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।
कार्यक्रममा सरीता श्रेष्ठ, सुनील सिंह कुशवाहा, भुवन अधिकारी, पवन महतो, अरविन्द यादवलगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।