वीरगन्ज । बीरगन्जमा अत्याधिक गर्मी बढेको कारण ३ दिन सबै विघालय बन्द रहने छ । बीरगन्ज महानगर पालिका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण ले २९ गते बुधबार देखि ३१ गते शुक्रबार सम्म सबै विद्यालय बन्द गर्न सूचना प्रकाशन गर्नु भएको छ । बालबालिका को स्वास्थ लाई ध्यान दिन्दै विघालय बन्द गर्ने निर्णय गरिएको कर्ण ले बताए । विगत दुई साता देखि ४० डिग्री सेल्सियस सम्म गर्मी बढेको छ । प्रचण्ड घाम एका विहानै देखि उदाउने गरेको छ ।