वीरगन्ज ,२८ असार ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको कालिकामाई गाउँपालिका वडा नं २ भेडीहारीका तीन जना विरुध भ्रष्टाचार मुदा दायर गरेको छ ।
अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेका भेडिहारी स्थित रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको प्रधानाध्यापक राम बचन प्रसाद चौरसिया ,निर्माण समितिका अध्यक्ष कन्हैया साह कानु र सदस्य रामचन्द्र साह कानु रहेका छन ।
उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्ती जारी गरि जानकारी गराएको हो ।
विद्यालयमा प्राप्त दान स्वरुपको शीर्षकको करिब १२ लाख रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो । अख्तियारको अनुसंन्धानबाट ११ लाख ९५ हजार रकम निमार्णको काम नै नगरि नक्कली उपभोक्ता समिती बनाई बिद्यालयको खाताबाट रकम झिकी हिनामिना गरेको पुष्टि भएपछि मंगलबार बिशेष अदालतमा मुदा दायर गरेको अख्तियारले जनाएको छ ।
अनुसन्धान हुँदा उनीहरुले अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्की बापतको रकम हालसम्म विद्यालयको खातामा दाखिला समेत नगरेको पाइएको अख्तियारले जनाएको छ ।