वीरगंज, पुस २७
जसपाको आयोजनामा वीरगंजमा भएको बिरोध सभामा बिन्दवासनी गाँउपालिकाबाट व्यापक सहभागिता जुटेको छ । गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुको अगुवाई र युवा नेता गौरीशंकर साहको बिशेष पहलमा गाँउपालिकाबाट सयौं संख्यामा गाजाबाजा सहित सहभागि भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको सदन बिघटनको बिरुद्धमा जसपाले आज वीरगंजको लालबंगलामा बिरोध सभा गरेको छ । बिरोध सभामा बिभिन्न पालिकाबाट सहभागिता रहेको जसपाका युवा नेता तबरेज अहमदले जानकारी दिनुभयो ।