काठमाडौँ – हतियार खरिदको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज (मंगलबार) साँझा काडमाडौंमा मसाल जुलस निकालेको छ ।
नेपाल प्रहरीका लागि हुन लागेको ठूलो परिणामको हतियार खरिद कार्यको विरोध गर्दै संघका नेता-कार्यकर्ताहरुले मंगलबार साँझ बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
किसानलाई सहज रुपमा मल उपलब्ध गराउन, विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन र हतियार खरिद प्रक्रिया रोक्नु पर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपालमा बढ्दै गएको महँगी र जनसवालका मागहरु राख्दै युवा संघले प्रदर्शन गर्दै आएको छ । सोमबार यातायात कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।