बाराको आदर्श कोतवाल गाउँ पालिका वडा नम्बर -२का वडाध्यक्ष राकेश कुशवाहा ,जिल्लाका चारैवटा सुरक्षा निकायका प्रमुख ,जिल्ला वन कार्यालय बाराका वन अधिकृत (डि फो)लगायतका टोलीले कृषकहरुको धान वाली लगायतका कृषि उत्पादनमा वर्षेनि निलगाईले पुर्याईरहेको क्षतिको बरेमा विशेष छलफल गरिएको छ । छलफलको क्रममा सुरक्षा निकायका प्रमुख लगायत वन अधिकृतले यो समस्या देशकै विभिन्न ठाउँमा देखिएपनि यो जनावर हाम्रो छिमेकी मुलक भारतको विभिन्न ठाउँहरुबाट खुल्ला सिमाना र खोलानदीको बाटो हुँदै आउने गरेकाले यसको लागि प्रदेश सरकार र संघसरकार समक्ष कुरा पुरयाउने काम हामीबाट हुन सक्ने कुरा सुरक्षा निकायका प्रमुख तथा वन अधिकृतले राखेको कुरा वडाध्यक्ष कुशवाहाले बताए ।