प्रत्येक दिन एउटा बियर पिउँदा स्वास्थ्य सुध्रिन सक्ने पोर्चुगलको नोभा युनिभर्सिटी लिस्बनका वैज्ञानिकहरूले दाबी गरेका छन् । राति खानासँग बियर पिउँदा पुरुषहरूको पेटमा राम्रो ब्याक्टेरियाको स्तर बढ्ने उनीहरूले बताएका छन् । यो फाइदा अल्कोहोलिक र नन अल्कोहोलिक बियर दुवैबाट हुन्छ ।
अध्ययनमा १९ वयस्क पुरुषलाई सहभागी गराइएको थियो र उनीहरूको औसत उमेर ३५ वर्ष थियो । सबैलाई प्रतिदिन चार साताको लागि राति खानासँगै ३२५ मिलिलिटर लेगर पिउन भनियो । लेगर एक प्रकारको बियर हो । प्रतिभागीहरूमध्ये केहीलाई अल्कोहोलिक र केहीलाई नन–अल्कोहोलिक बियर दिइएको थियो । अल्कोहोलिक लेगरमा अल्कोहलको मात्रा ५.२ प्रतिशत थियो । यस्तो बियरलाई स्ट्रङ्ग क्याटगरीमा राखिन्छ । परीक्षणको चार सातापछि पुरुषहरूको मल र रगतको नमूना लिइएको थियो ।
जर्नल अफ एग्रीकल्चरल एन्ड फूड केमिस्ट्रीमा प्रकाशित रिसर्चको नतीजाले भनेको छ बियर पिउँदा आन्द्रामा राम्रो ब्याक्टेरियाको मात्रा बढ्छ । यो ब्याक्टेरिया बढेर विविध प्रकारको हुन्छ । यसबाट पूरै पाचन प्रक्रियाको स्वास्थ्य सही हुन्छ ।
सधैं बियर पिउँदा वजन वा बडी मास इन्डेक्स बढ्दैन वैज्ञानिकहरूले बताएका छन् । न रगत, मुटु र मेटाबोलिज्मसँग सम्बन्धित समस्या हुन्छ ।
वैज्ञानिकको भनाइ छ बियरमा पोलिफेनोल्स नामक कम्पाउन्ड र कुहिने प्रक्रियापछि बन्ने सूक्ष्म जीव हुन्छ, जसले आन्द्रामा राम्रो ब्याक्टेरियालाई बढाउन मदत गर्छ । स्वास्थ्य विज्ञका अनुसार शरीरमा ब्याक्टेरियाको विविध प्रकार हुनु जरूरी छ । यस्तो नभए स्वास्थ्यसम्बन्धी समस्या, जस्तै हृदयरोग र मधुमेहको सामना गर्नुपर्ने हुन्छ ।