पर्साको पटेर्वा सुगौली गाँउपालिकाको दोश्रो कार्यकालको गाँउसभाबाट बजेट कार्यक्रम तथा निर्णयहरुको सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउसभामा गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ करोड २० लाख रुपैया बराबरको बजेट सार्वजनिक गरिन् । पटेर्वासुगौली गाँउपालिकाले पर्यटन पूर्वाधार विकासका संगै स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रलाइ मुख्य प्राथमिकतामा राखिएको उपाध्यक्ष महतोले जानकारी दिइन् ।
भौतिक पुर्वधार बिकास तर्फ पहिलो प्राथमिकता गाउँपालिका भवन र गाउँपालिका क्षेत्र भित्र बाटो घाटो मा कालोपत्र गर्ने र पालिकाभरीका किसानलाइ पशुपालन बिमा सेवा निशुल्क उपलब्ध गराइने, विपन्न तथा दलित छात्रछात्राको उच्च शिक्षाका लागि छात्रवृतिको व्यवस्था गरिने, पालिकाभरका सबै माविमा विषयगत शिक्षकको व्यवस्था गरिने, एक विद्यालय एक कम्प्युटर एक प्रिन्टर, कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालनमा ल्याउने उनले बताइन ।
गाउँसभा गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले पटेर्वासुगौली गाउँपालिकामा आउने सेवाग्राही हरुको काम छिटो र छरितो गर्न कर्मचारीलाई निर्देशन दिए । विकासको काममा जनप्रतिनिधि र कर्मचारीहरु को सहकार्य र सहयोग बिना बिकास को गतिलिन सक्दैन , कर्मचारी हरु लाई ईमानदारी पुर्वक लाग्न आग्रह समेत गरेका छन् । सबै जना हातोमालो गरेर सम्यमा विकासको काम चैत महिना सम्म सकाउन र फ्रिज हुनबाट बचाउन समेत उनले आग्रह गरे । साथै उनले गाउँपालिकामा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने बताए ।