बिरगंज ।`बेटी बचाउ बेटी पढाउ´ नीति अन्तर्गत वितरण गरिएको साइकल काण्डमा अख्तियारले गरेको छानबिन निष्पक्ष नभएको र ठुलो माछालाई उम्काएर साना एवं भुरा माछा माथि कारवाही चलाइएको आरोप लाग्न थालेको छ।
वीरगंज नगरपालिकाका तत्कालीन जिन्सी अधिकृत लालबाबु राउत गद्दीलाई व्हील व्यारो काण्डमा दुई दशक अगाडी नै अख्तिारद्धारा डामिएको थियो। त्यस बेला आफैले अनुसन्धान गरेर मुद्दा चलाएको अभियुक्त सर्वोच्च अदालतबाट सफाइ पाएर प्रदेशकाे मुख्यमन्त्री हुँदा भ्रष्टाचार गर्दैन हाेला भनेर पत्याउने आधार अख्तियारले कहाँबाट पायो।
दुनियाँलाई थाहा छ राजेश अग्रवाल र मुख्यमन्त्री लालबाबु राउतकाे दोस्ती। राजेश अग्रवालकाे दिदी रेनु गुप्ता अग्रवालको नाउँमा फर्म खडा गरेर यो साईकल काण्ड गरिएको वीरगंजकाे बच्चाहरु लाई पनि थाहा छ। अनी अख्तियार दूरपयोग अनुसन्धान आयोग जस्तो संस्थाले थाहा नपाउने भन्ने कुरा जनमानसलाई पत्याउन गाह्रो परिरहेको छ।
यस्तो नाटक मञ्चनले यो व्यवस्था प्रति आमनागरिकहरुमा विचलन आउन सक्ने तर्फ ध्यान जान जरूरी भइसक्यो।
झारखंडका मूल बासिन्दा राजेश अग्रवाल नेपालमा व्यापार कम र दोहन बढी गरिरहेका छन। लालबाबु राउत प्रदेशकाे मुख्यमन्त्री बने पछी दसतल्लामा बोलाएर दोसल्ला ओढाई सम्मान गर्दा गल्ला मिलेको याे तस्वीरले यथार्थ पुष्टी गरिरहेको वर्तमान अवस्थामा लालबाबु राउतलाई चोख्याएर कर्मचारी हरुलाई मात्र बलिकाे बोका बनाउनु सर्वथा अनुचित कार्य हो। संभार अंकुश दैनिक