वीरगन्ज । वीरगंजको महाविर स्थानमा रहेको सिभिल बैंकका कर्मचारीका बदमासीका कारण एक जना निर्दोष सेवाग्राहीले ४० दिन थुनामा बस्नु परेको छ ।
वीरगंज महानगरपालिका वडा नं.२५ श्रीसियाका जियालाल साह तुरहाको नाममा रहेको सिभिल बैंकको चेकबुकबाट उनकै भान्जा हरेराम साह तुरहाले किर्ते हस्ताक्षर गरी १९ लाखको चेक बाउन्स गराएर बैंकिङ्ग कसुर मुदा दिएपछि ४० दिन प्रहरी हिरासतमा बस्नु परेको पिडित पक्षको आरोप छ ।
वीरगंजमा शुक्रबार पत्रकार सम्मेलन गरी पिडित तुरहाले सिभिल बैंकमा रहेको आफनो खाता नं.०५१०१३५१६१०१८ को चेकबुक आफनै भान्जा हरेराम कुमार साह र भिनाजु अयोध्या साहले अर्डर सिलिपमा किर्ते सहीछाप गरी १० थान चेक बुक निकाली एउटा चेकबाट १९ लाखको किर्ते हस्ताक्षर गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बैंकिङ्ग कसुर मुद्घा हालेपछि प्रहरीले फितलो अनुसंन्धानको भरमा आफुमाथि झुठो मुद्घा दर्ता गरि अनाहकमा ४० दिन थुनामा राखेको आरोप लगाएका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट बैंकिङ्ग कसुर मुदा अदालतमा चलेपछि बिधि विज्ञान प्रयोगशालाबाट समेत उक्त चेकको हस्ताक्षर नक्कली रहेको प्रमाणित भएपछि ३ लाख धरौतीमा उच्च अदालत जनकपुरको अस्थाई ईजलास बीरगंजको आदेशमा आफु रिहा भएको पिडित जियालाल साह तुरहाले पत्रकार सम्मेलनमा बताए ।
सिभिल बैंकको महाविर स्थानमा रहेको शाखाबाट गैर व्यक्ति हरेराम साह र अयोध्या साहले बैंकका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी १० थान चेकबुक निकाली हरेराम साह र अयोध्या साहले उक्त चेकमा आफनो नक्कली हस्ताक्षर गरि अयोध्या साहको नाममा ३ वटा चेकबाट १ करोड २५ लाख , उमराउती देवीको नाममा १९ लाख , लडडु बाबु साहको नाममा २ लाख ९४ हजार ३ सय ८ रुपैया र पप्पु साहको नाममा १९ लाख गरी कुल १ करोड ६५ लाख ९४ हजार ३ सय ८ रुपैयाको चेक काटेको पिडित जियालाल साह तुरहाले आरोप लगाए ।
पत्रकार सम्मेलनमा पिडित तुरहाले भने – “१० थान चेक मेरो भाई मुन्ना साहले नबुझी अर्को व्यक्तिले बुझेर दुरुपयोग गर्दैछन , चेक बुझने व्यक्तिलाई झिकाई कारवाही गर्नुस बारम्बार भन्दा पनि यस सम्बन्धमा बैंकका मैनेजर लगायत अन्य कर्मचारीहरु चासोे देखाएका छैनन । ”
बैकबाट फर्जी चेकबुक निकाली उक्त चेकबाट केहि चेकहरु बाउन्स गराई दुरुपयोग भईरहेको भन्दै अयोध्या साह र हरेराम साहको नाममा जिल्ला प्रहरी कार्यालय पर्सामा मिती २०७९÷०२÷१९ गते किटानी जाहेरी निबेदन दिएपनि डि.एस.पी. ओमप्रकाश खनाल र प्रहलाद कार्कीले आवश्यक अनुसंन्धान नगरि उल्टै दुबै जनालाई मिल्नुपर्ने दवाव दिएको पिडित पक्षको आरोप छ ।
आफुहरु चेक दुरुपयोग गर्ने ब्यक्तिलाई आवश्यक अनुसंन्धान गरि कारवाही गर्नुपर्ने माँग बारम्बार गर्दा समेत प्रहरीले पिडकलाई संरक्षण गरि आफुमाथि अरु चेकको बैंकिङ्ग कसुर मुदा दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाएको पत्रकार सम्मेलनमा दुखेसो पोखेका थिए ।
पत्रकार सम्मेलनमा पिडित पक्षले आफुले बैंकबाट बुझदै नबुझेको चेकमा अयोध्या साह र हरेराम साहले नक्कली हस्ताक्षर गरि चेक बाउन्स गराई प्रहरीमा मुदा दर्ता गराएको तथा प्रहरी र बैंकले समेत कुनै कारवाही नगरि उल्टै अनाहकमा आफुहरुलाई दुःख दिएपछि बाध्य भएर पत्रकार सम्मेलन मार्फत न्यायका लागि माँग गरेको दुखेसो पोखे ।
पिडक अयोध्या साह र हरिओम साहले १ करोड ६५ लाख रुपैया दाबी गरिे जियालाल साहको चेक लिएको हुँदा उनीको आर्थिक श्रोत कहाबाट आयो भनेर प्रहरी किन यसमा अनुसंन्धान गरिरहेको छैन ? पिडित जियालाल साहले प्रहरीसंग प्रश्न समेत गरे । जब बिधी विज्ञान प्रयोगशालाबाट एउटा चेकको हस्ताक्षर नक्कली रहेको प्रमाणित भईसके पनि प्रहरीले बैंकको सि.सि.टि.भी. फुटेज मगाई आवश्यक गहन अनुसंन्धान गर्न गरि आफुहरुलाई न्याय दिनुपर्ने पिडित जियालाल साहले माँग गरे ।