राजन कुमार बानिया
पर्सा । प्रदेश सभा सदस्य सिंगासन साह कलवारले आफ्नो निर्वाचन क्षेत्रमा रहेको ११ जना अपाङ्गहरुलाई एक समारोहका बिच ११ थान निःशुल्क ह्विलचियर बितरण गरेका छन । प्रदेश सभा सदस्य कलवारले आफ्नो संसदीय कोषको रकमबाट ह्विलचियर बितरण गरेका छन् । ह्विलचियर बितरण कार्यक्रममा धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान, वडा अध्यक्ष दबेन्द्र पटेल , युवा नेता रामपुकार यादव,सचिन सिंह,पपु कुमार पटेल,हिमान्चल कुशवाहा, लगायतको उपस्थिति रहेको थियो।