

एन सिई नेपाल जिल्ला समन्वय समिति पर्साको आयोजना र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सहर्कायमा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शिक्षा विकासमा युवाको सहभागीता बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ।सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षता तथा एनसिइ नेपाल जिल्ला समन्वय समिति पर्साका संयोजक रामनरेश प्रसाद यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा सामाजिक संस्था जिल्ला समन्वय समितिका सल्लाहकार एवम् अधिवक्ता बृजकिशोर पटेलले प्रतिबेदन प्रस्तुति गर्ने क्रममा मधेस प्रदेशमा शिक्षा ,स्वास्थ्य ,बालबिवाह,दाइजोप्रथा,बलात्कार ,हत्या,लागुअौषध,समन्धबिक्षेत, लगायतका घटनाहरु बढीरहेको र अहिलेसम्म अदालतमा समेत सबैभन्दा धेरै मुद्दाहरु रहेको बताए ।स्थानीय सरकारले गर्नु पर्ने आफ्नो जिम्मेवारी पुरा नगरेका कारण आज समस्या जेहेलिदै गइरहेकोले अब युवाहरु जागरुप हुन जरुरी रहेको बताएका छन् ।बिधालय भए पनि भौतिक संरचना अभाव स्थानीय सरकारले भौतिक पुर्वधारमा लगानी गर्ने तर सोही बिधालय र स्वास्थ्य चौकीमा लगानी नगर्ने भएकोले विद्यार्थीहरु बिधालयमा टिक्न नसकेको अवस्था छ भनेर आफ्नो प्रतिबेदनमा उल्लेख गर्नु भएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजिब मिश्रा,फ्रेन्डेसनका सचिव चन्देश चौहान,NGOCC का सचिव निर्मला भन्डारी,आर्दशजनसेवा युवा क्लबका सदस्य जयकिशोर साह,NGOCC का सदस्य पुर्नारवासी ,मन्जु कुमारी थापा ,दुलारचन्द साह,जगत राई लगायतले आ= आफ्नो धारणा एवम् सुझाव राख्नु भएको थियो ।कार्यक्रमको स्वागत मनतब्य यौनच्यापिएनका ललन पटेलले गरेका थिए भने कार्यक्रमको सहजिकरण एनसिइ नेपाल जिल्ला समन्वय समिति पर्साका सचिव रामप्रवेश साहले गर्नु भएको थियो ।