किसन साह
सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ स्थित बागमती नहरको साइफनमा एक जना पुरुषको शव फेला परेको छ । आइतबारका दिन अन्दाजी ४०/४५ बर्षका मधेसी समदायको देखिने पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृत अवस्थामा भेटिएको पुरुषको पहिचान हुुँन् सकेकाे छैन् । यता प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको सूचना अधिकृत बिजय यादवले जानकारी दिए । स्थानियले मृत अवस्थामा शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।